एम्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार दुई घाईते

<span class='c1'>एम्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा</span> <span class='c2'>सवार दुई घाईते</span>

सुनसरी, साउन १० गते।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत ईनरुवा ६ मा आज दिउँसो एम्बुलेन्सको ठक्करबाट मोटरसाईल चालक सहित दुई जना घाईते भएका छन्।
घाईते हुनेमा मोटरसाईकल चालक भोक्राहा १ का ३० बर्षिय राम देव मेहता र सो मोटरसाईकलमा पछाडि सवार सोहि स्थानका २५ बर्षिय धिरेन मेहता रहेका छन्। उनीहरुलाई उपचारार्थ जिल्ला अस्पताल सुनसरी लगिएकोमा थप उपचारका लागी बिराटनगरतर्फ लागिएको छ। दिउँसो करिब साढे २ बजे पश्चिमतर्फ गईरहको स. १ च ६९१ नम्बरको एम्बुलेन्सले को. ९ प ४५८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक तथा मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्