झापा, साउन १३ गते।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ९ मा मंगलबार राति कारको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिराटनगर घर भई हाल दमक ९ स्थित न्यु पाथिभरा अटो सेन्टरमा काम गर्ने ३३ बर्षिय बिनोद झा रहेका छन्। उनको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको हो। राति २०१० बजे पुर्वतर्फ जाँदै गरेको WB74M 5895 नम्बरको भारतिय कारले सडकमा हिड्डै गरेका झालाई ठक्कर दिएको थियो।
ठक्कर दिने कार र चालक ईलाका प्रहरी दमकको नियन्त्रणमा रहेको छ।