कोरोनाको कारण १९० को मृत्यु, आठ हजार ३०५ थपिदाँ छ हजार ५४३ निको भए

<span class='c1'>कोरोनाको कारण १९० को मृत्यु, आठ हजार</span> <span class='c2'>३०५ थपिदाँ छ हजार ५४३ निको भए</span>

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् । उनीहरुमध्ये १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ । ६५४३ जनाले कोरोनालाई जिते

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ६५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्