केराबारीका छ सय परिवार बाढीको जोखिममा

<span class='c1'>केराबारीका छ सय</span> <span class='c2'>परिवार बाढीको जोखिममा</span>

 

१७ साउन, मोरङ । केराबारी–७ का ६ सय परिवार बाढीको जोखिममा परेका छन् ।

यस वर्षको बाढी स्थानीय मुगु खोला पूर्वपट्टिको भागमा धार परिवर्तन गरीस्थानीय बस्ती नजिकै भङ्गालो आइपुगेकाले गाउँले रातभरि जाग्राम बस्ने गरेको स्थानीयवासी मधु राईले बताए ।

स्थानीयवासी चिन्तामणि गुरागाईंका अनुसार खोला नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरे पनि पहाडी भेगमा आएको मुसलधारे पानीका कारण एकै रातमा बाढी नियन्त्रण गर्ने प्रयास असफल भयो ।

बाढी नियन्त्रणका लागि बाँस, साना रुखका बोटबाट बनाएको बार र पूर्वी छेउमा ढुङ्गा थुपारेर लगाएको पर्खाल सबै भत्किएका छन् । बाढीले तीन बिघा खेत बगर बनाएको तथा १३ बिघा खेतमा लगाइएको धानबाली नोक्सान पुर्याएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्