बिप्लवसम्बद्ध नेकपा माओवादीले दले कार्यकक्षमै अधिकृतलाई कालोमोसो

<span class='c1'>बिप्लवसम्बद्ध नेकपा माओवादीले दले</span> <span class='c2'>कार्यकक्षमै अधिकृतलाई कालोमोसो</span>

 

दमक । बिप्लवसम्बद्ध नेकपा माओवादीले झापाको दमकस्थित मालपोत कार्यालयका अधिकृत होमनाथ सेडाईलाई कालोमोसो दलेका छन् ।
सोमवार दिउँसो माओवादी झापाका सेक्रेटरी बिवस किरातीको नेतृत्वमा गएको २० जनाको टोलीले सेडाईलाई कार्यकक्षमा कालोमोसो दलेका हुन् । राजश्व अनियमितता गर्ने गरेको, किर्ते जालझेल गरी जग्गा पास गर्ने गरेको, बिचौलियासँग मिलेर घुसखाने परिपाटीको बिकास गरेको, तल देखि माथिसम्म मिलेर कमिसनमा बिकेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो दलेको बताएका छन् ।
अधिकृत सेडाईले जनतालाई अनावश्यक दुःख दिने गरेका कारण कारवाही गर्न बाध्य भएको बिप्लव सम्बद्ध एक नेताले बताएका छन् । उनका अनुसार जनकारवाहीलाई तिब्र रुपमा अगाडि बढाउने बताइन्छ । जिल्लाका भ्रष्ट कर्मचारीलाई कारवाही गर्ने बिप्लव माओवादीको योजना नै रहेको बताइएको छ ।
मेची उपव्यूरो इन्चार्ज राजेन्द्र कार्कीले दिएको जानकारी अनुसार आर्थिक प्रलोभनमा परी ऐलानी जमिन व्यक्तिको नाममा पास गर्ने, मरेका व्यक्तिको नाममा रहेको जमिन किर्ते गरी अन्य व्यक्तिको नाममा राखी सर्वसाधारणलाई हैरानी गर्नेे र सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेर राज्यलाई क्षति पुयाउने काम गरेकाले अधिकृत सेडाईलाई कारवार्ही गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्