ताप्लेजुङ एक साताअघि देखि अन्धकारमा

<span class='c1'>ताप्लेजुङ एक साताअघि</span> <span class='c2'>देखि अन्धकारमा</span>

 

ताप्लेजुङ, १९ साउन । सदरमुकाम फुङलिङ र आसरपासका गाविसमा विद्युत् आपूर्ति गर्दै आएको सोवुवाखोला जलविद्युत् आयोजनाको मेसिनमा आएको खराबी र चिमाल जलविद्युत्को कुलो पहिरोले बगाएपछि एक साताअघिदेखि विद्युत् आपूर्ति ठप्प भएको छ ।

विद्युत् आपूर्ति बन्द हुँदा ताप्लेजुङका कलकारखाना, उद्योगधन्दा र तीनवटा रेडियो स्टेसन प्रभावित बनेका छन् । स्थानीयवासीलाई मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयवासीले बताएका छन् ।

एक हप्ताअघि नै विद्युत गृहमा रहेको मेसिनमा खराबी आए पनि समयमै मर्मत नहँुदा र कुलो मर्मत नहुँदा लामो समयदेखि उपभोक्ता मारमा परेका हुन् । विद्युत् प्राधिकरणका स्टेसन मेनेजर विष्णु खतिवडाका अनुसार हिजो मात्रै प्राविधिक आई मेसिन मर्मत गरेको पनि सोवुवा खोलाको मात्रै विद्युत्ले सबैतिर नपुग्ने भई सीधा लाइनमा मात्रै आज बेलुकीदेखि विद्युत् प्रवाह गरिने भएको छ ।

आयोजनामा मिसाएर विद्युत् प्रवाह गर्दै आएको चिमाल जलविद्युत् आयोजनाको कुलो मर्मत हुन सकेको छैन । कुलो कहिले मर्मत हुने हो भन्ने कुनै टुङ्गो नहँुदा अझै केही दिन विद्युत् अवरुद्ध हुने देखिएको छ । यस आयोजनाको कुलो मर्मत भई सञ्चालनमा नआउन्जेल उपभोक्ताको लाइनमा विद्युत् नजाने बताइएको छ । बेलाबेलामा आउने गरेको बिजुली नै लामो समयदेखि बन्द भएपछि यहाँका स्थानीयवासी भने झन् मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्