दुलारीमा बसको ठक्करबाट  एकको मृत्यु 

<span class='c1'>दुलारीमा बसको ठक्करबाट</span> <span class='c2'> एकको मृत्यु </span>

मोरङ, साउन २१ गते।

मोरङको सुन्दर-दुलारीमा बसको ठक्करबाट बुधबार मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ एक जना गम्भिर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गको सुन्दरदुलारी नगरपालिका २ मा बुधबार अपरान्ह पाँच बजे मे. १ ख नं. को बसले ठक्कर दिएर मोटरसाइकलका चालक सुनसरी एकम्बा २ बस्ने ३५ वर्षिय बिरेन्द्र चौधरीको उपचारकाक्रमममा धरान घोपामा मृत्यु भएको छ। बसको ठक्करबाट मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने ४२ वर्षिय बच्छु नारायण चौधरी घाइते भएका छन्। गम्भीर उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।
पश्चिमबाट पूर्वतर्फ जादै गरेको ट्रकले बिपरित दिशाबाट आउदै गरेको उनी सवार को. २० प २६३३ नं. को मोटरसाइकललाई अपरान्ह ४ बजे ठक्कर दिएको थियो।

बसका चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्