एमाले अखिलको झापामा समानन्तर कमिटी

<span class='c1'>एमाले अखिलको झापामा</span> <span class='c2'>समानन्तर कमिटी</span>

 

झापा साउन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु झापामा दुई वटा कमिटी गठन भएका छन् । हरि पोखरेलको संयोजकत्वमा २३ सदस्यीय र देशबन्धु ढुंगेलको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन भएको हो । पोखरेल केपी ओली पक्षधर विद्यार्थी नेता हुन् भने ढुंगेल माधव नेपाल पक्षधर विद्यार्थी नेता हुन् । लामो समयदेखि विवादमा रहेको अनेरास्ववियु झापा जिल्ला ९भूगोल० कमिटीको विवाद छताछुल्ल भएको छ । देशबन्धु ढुंगेलको संयोजकत्वमा रहेको कमिटीले कुनै पनि क्रियाकलाप नगरेर संगठनलाई नै अव्यवस्थित बनाएपछि हरि पोखरेलको संयोजकत्वमा सम्मेलन आयोजक कमिटी गठन गरिएको बताइएको छ । यता ढुंगेल संयोजकत्व कमिटीलाई भने निरन्तरता मात्र दिएको बुझिएको छ । सो कमिटीमा केही विद्यार्थी नेता हेरफेर गरिएको बुझिएको छ । २०७० जेठ ३ गते ढुंगेललाई संयोजक बनाएर ६ महिनाभित्र जिल्ला सम्मेलन गर्न म्याण्डेट दिइए पनि गत शनिबारसम्म एउटा बैठक पनि नराखेको भन्दै सोही कमिटीका सहसंयोजक हरि पोखरेल नेतृत्वमा अर्को कमिटी गठन भएको हो । अघिल्लो सम्मेलनबाट बुद्धि खरेलको अध्यक्षतामा भूगोल कमिटी गठन भए पनि खरेलले विदाई लिएपछि ढुंगेललाई संयोजक बनाइएको थियो । संगठनमा कुनै पनि गतिविधि नगरी भाषण गर्न मात्र कुद्ने ढुंगेलको क्रियाकलाप प्रति आजित भएर अर्को कमिटी गठन गरिएको अर्का कमिटीका संयोजक हरि पोखरेल बताउँछन् । शनिबार ढुंगेल पक्षले एकपक्षीय भेला बोलाई कमिटीको घोषणा गरेका छन् भने उनीहरुको क्रियाकलाप देखेर पोखरेल नेतृत्वले पनि कमिटी घोषणा गरेको बताइएको छ । भेला बोलाउन बैठक बसेर निर्णय गर्नुपर्ने, सर्कुलर जारी गर्नुपर्ने, मापदण्ड बनाउनुपर्ने भए पनि कुनै नीति नियम ढुंगेल नेतृत्वको अनेरास्ववियुले नगरेपछि केही नेता असन्तुष्ट भएका थिए । ३ वर्षभित्र एकपटक बैठक बोलाउँदा ५ जना मात्र सहभागी भएको बुझिएको छ । एक समय झापा अखिलको प्रभाव केन्द्रीय तहसम्म पर्ने भए पनि अहिले खासै अर्थ नरहेको केही नेता बताउँछन् । शनिबार ढुंगेलले बोलाएको भेलालाई पार्टी अध्यक्ष चिन्तन पाठक र विद्यार्थी इञ्चार्ज घनश्याम अधिकारीले रोक्न भने पनि नेतृत्वको निर्देशनलाई अटेर गर्दै ढुंगेल पक्षले कमिटी घोषणा गरेको थियो । भेलामा पार्टीका तर्फबाट अनिवार्य उपस्थिति गराउनुपर्ने भए पनि कोही उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्