गुरुको जय होस् ! हिन्दु-धर्म को जय होस् !

<span class='c1'>गुरुको जय होस् ! हिन्दु-धर्म</span> <span class='c2'>को जय होस् !</span>

 

बालक: गुरु, एउटा कुरो बुझिन , बताइदिनुन !
गुरु: के कुरो , बालक ?
बालक: अचेलभरि ,हिन्दु धर्म चाहियो भन्दै सडक आन्दोलन गर्दैछन नि , त्यो राम्रो कि नराम्रो ?
गुरु: राम्रो कि नराम्रो ??? एकै शब्दमा भन्दा पनि हुने हो तर म त्यसरी भन्दिन , अलिक बिस्तृतरुपमा भन्छु है त , हुन्छ ?
बालक: हुन्छ , गुरु ! बरु अलिक सरल भाषामा भन्दिनु है ?
गुरु: ल, सुन ! हिन्दु धर्म चाहियो भन्नु राम्रो हो तर धर्म अरुसंग मागेर लिने हैन , न त खोसेर नै लिने हो , यो त आफैंले आफ्नो आचरण बाट देखाउने कुरो पो हो त !
जस्तो कि हामीले सदियौं काल देखि मानील्याएका राम्रा र असल कुराहरुलाई निरन्तरता दिनु पनि हाम्रो धर्म हो , के हामीले त्यसो गरेकाछौं त ? आफ्ना कुल-देवताको पुजा-आजा गर्नु ,आफ्ना आमा-बुबा को सेवा गर्नु , सबै प्रति सद्भाव राख्नु , सदाचारमा रहनु , खान नहुने र पिउन नहुने अभक्ष कुराहरुको सेवन नगर्नु , नैतिकताको ख्याल गरेर ब्यबहार गर्नु , बिहान सबैरै उठ्नु , नुहाई -धुवाई गरेर सरसफाइमा रहनु , आफ्ना ओरिपरिको वातावरण लाई सफा र सुरक्षित राख्नु , जीव हिंशा नगर्नु, आफ्नो मात्रै हैन कि अरुको पनि आत्माको ख्याल गरेर परम-आत्मा लाई बुझ्ने कोशिश गर्नु , यी र यी जस्तै अन्य धेरै राम्रा-राम्रा कुराहरु लाई निरन्तरता दिनु चाहिं राम्रो हो तर.....

बालक: तर........गुरु ?

गुरु: तर, हिन्दु धर्म चाहियो भन्दै सडकमा ओर्लिएर जथाभावी गर्दै हिड्नु , सवारी साधन तोड-फोड गर्नु , हिंशामा उत्रिनु , बाल-बालिका र बुढा-बुढी लाई जुलुसमा हिडाएर सास्ती दिनु , आफ्नो अधिकार चाहियो भन्दै अर्काको अधिकार हनन हुने कार्य गर्नु चाहिं नराम्रो हो ! त्यत्ति मात्रै कहाँ हो र , बालक ! हिन्दु धर्म जोगाउने नाममा अपराधिक पृष्ठ -भुमि भएका व्यक्तिहरुले निर्दोष जनता लाई ढाल बनाएर आफु चाहिं ठुला-ठुला महल-भित्र बसेर मोज मस्ती गर्नु , हिन्दु धर्म को नाम लिएर राजनीति गर्नु चाहिं नराम्रो कुरा हो ! छुवा-छुत लाई निरन्तरता दिनु , आफु मात्रै ठुलो , धनि र ज्ञानी , बाँकी अरु सबै भिखारी भन्ने भाव लाई त्याग्न नसक्नु , हिजो जो जो कुहिएका थिए , गन्हाएका थिए , आज पनि हिन्दु धर्म बचाउने नाममा , तिनै ठालु हरु नै अघि सरेर आफ्नो दुनो सोझ्याउने कार्यमा लाग्नु , मानिसको बच्चालाई भगवानको अवतार भनेर अन्ध-विश्वाश फैलाएर आफ्नो शक्ति आर्जन गर्नु चाहिं नराम्रा कुरा हुन् !

बालक: अनि हामि हिन्दु धर्म मान्नेहरुले नै यी-यी कुरा नराम्रा भनेर अरुलाई सुनाउनु हुन्छ त गुरु ? त्यसो गर्दा हाम्रो धर्म नास हुदैन र , गुरु ?
गुरु : हेर , बालक ! धर्म भनेको के हो ? जुन कुरा राम्रो छ, र जुन कुराले अरुको भलो गर्छ , त्यहि धर्म हो ! धर्म= राम्रो कार्य ! अब त्यसैलाई उल्टो पारेर सोच त ! जुन कुरो नराम्रो छ र त्यो कुरोले कसैको पनि भलो गर्दैन , त्यो हो अधर्म ! अधर्म= नराम्रो कार्य ! यसलाई पाप पनि भन्न सकिन्छ ! पाप= नराम्रो कार्य !

बालक: हिन्दु-धर्मले पाप पनि गर्न सिकाऊँछ त , गुरु ?

गुरु, कुनै पनि धर्मले पाप गर्न सिकाउदैन तर हामि आफैं पाप गर्छौं ! जस्तो कि हामि आफैं हाम्रा सनातन कार्यहरु लाई अनुसरण गर्दैनौं ! बिहान सबेरै उठेर नुहाई -धुवाई गर्दैनौं ! बरु कुतर्क गरेर भन्छौं कि नुहाएर धर्म हुने भए, भ्यागुतो पानीमै बस्छ र माछा पनि पानि मैं बस्छ ! पुजा-आजा गर्नुपर्यो भने अर्को कुतर्क गर्छौं र भन्छौं कि गधाको घाँटीमा सधैं घन्टी बज्छ , घन्टी बजाएर धर्म हुन्छ र भन्छौं !

बिहानै उठेर चिसो पानीले नुहाउदा धर्म =राम्रो हुन्छ , हाम्रो स्वास्थ्य राम्रो हुन्छ , अनि किन यसको बिरोध गर्ने ? त्यसरी नै पुजा-आजा गर्दा घन्टी बजाउदा एक-प्रकारको ध्वनि पैदा हुन्छ , जसले हाम्रो मन-मस्तिष्क लाई आनन्दित तुल्याऊँछ र ध्यान गर्नाले त्यस्तै उर्जा बढाउने कार्य गर्छ,जुन राम्रो=धर्म हो ! यी र यी जस्तै कैयौं राम्रा कुराहरु छन , जुन हामि आफैं पालना गर्दैनौं , आफैं टिका-टिप्पणी गर्छौं र आफैं हेला गर्छौं !

के हाम्रो धर्मले आमा-बाबुको सेवा गर्नु नै धर्म हो भनेको छैन ? छ नि तर हामि के गर्छौं ? हामि आफ्ना आमा-बाबु दुबैलाई छोडेर , कसैले एक्ली विधुवा आमा लाई छोडेर त कसैले एक्लो बुढो भएको बाबु लाई छोडेर विदेश गएर आधुनिक भएर रक्शिका बोतल र ग्लास देखाएर फोटा खिचेर संसार लाई देखाऊँछौँ तर तिनै बुढा भएका आमा-बुबा लाई दश थरि दोष लाऊँछौँ किन ? यहि हो हिन्दु धर्मले भनेको ? यहि हो , धर्मको रक्षा ???

आफु जन्मेको देश छोडेर हिड्नु पनि पाप हो ! आफु जन्मेको देशलाई धोखा दिनु पनि पाप हो ! देश भित्रै रहेर देशको कुभलो गर्नु पनि पाप हो ! हिन्दु धर्मले हामीलाई सिकाएको यहि हो त ? हैन नि ! त्यहिपनि , हामि पाप गर्छौं र धर्मको हेला गर्छौं ! त्यतिबेला चाहिं धर्म चाहिएन , अब चाहिं चाहियो ? किन ? राजनीति गर्न ? सत्तामा जान ?त्यसैले हामि आफैं पनि गम्भीर हौँ , धर्मले भनेका कुरालाई अनुसरण गरौँ !

बालक: त्यसोभए, हाम्रो हिन्दु-धर्म रहदैन त , गुरु ? यो त्यत्तिक्कै लोप भएर जान्छ त ?

गुरु: हैन , बालक ! हिन्दु-धर्म कहिल्यै लोप हुँदैन ! किनभने यो धर्म न कहिल्यै शुरुभएको थियो, न कहिल्यै अन्त्य हुनेछ ! सृष्टिमा शुरुभएको कुरो को पो अन्त्य हुन्छ त , हिन्दु -धर्म त त्यस्तो धर्म हो , जुन आफ्नो आचरणमा बसेको छ , भन्छन नि रग-रगमा बसेको छ , हो त्यस्तै यो हामि सम्पूर्ण मानवको नसा-नसा मा बगिरहेको छ , जहिले देखि मानवले सदाचार , सद्भाव र मानवीय गुणलाई प्रस्तुत गर्दै सबै मानिसका लागि भलो चिताएर कार्य गर्न थाल्यो , त्यहीबेला देखि हिन्दु धर्म शुरु भयो र जहिले सम्म मानव धर्म रहिरहन्छ , हिन्दु धर्म रहिनै रहनेछ ! यो कहिल्यै लोप हुने छैन ! यसलाई कसैले पनि लोप गराउन सक्दैन !

बालक: त्यसोभए, के गर्नुपर्छ त , गुरु ? यो आन्दोलन गर्नै पर्दैन त ?

गुरु : हेर बालक ! आन्दोलन त गर्नुपर्छ तर सडक बाट हैन , हाम्रो आचरण बाट ! हामीले आजै देखि मानव धर्म लाई आन्दोलनको रुपमा फैल्याउनु पर्छ ! त्यसका लागि त सर्वप्रथम हामीले , खास गरि पहेंलो बश्त्र-धारी गुरुहरुले छुवा-छुत बिरुद्धको आन्दोलन गर्नुपर्छ , गाऊँ-गाऊँ गएर तथा-कथित तल्लो जात भनाउदा हरुको घर-घर गएर माफि माग्नुपर्छ र भन्नुपर्छ कि हिन्दु-धर्मले कुनै पनि प्रकारका भेद-भाव , छुवा-छुत र हेला , घृणा गर्दैन र हामि पनि गर्दैनौं !

गाऊँ -घरमा सामुहिक भोजन को ब्यबस्था गरेर आफुले पनि उनीहरु संगै भोजन लिनुपर्छ , पानि पिउनु पर्छ !

धार्मिक ग्रन्थ हरुमा लेखिएका नराम्रा कुराहरु लाई हटाएर राम्रा कुराहरु मात्रै राखेर परिमार्जन गर्नुपर्छ , रिति-रिवाज हरुलाई समय सापेक्ष बनाउनु पर्छ र हिन्दु-धर्म भन्दा पनि ठुलो मानव-धर्म हो भन्ने कुरा स्विकार्नु पर्छ !

हुन त हिन्दु-धर्म भनेकै मानव-धर्म हो , यो कुरा लाई जनमानसमा फैल्याउनु पर्छ !

बालक: त्यत्ति गरेपछि हिन्दु धर्म बाँच्छ त ,गुरु ?

गुरु, हो, बालक ! त्यत्ति गरे पछि , हाम्रो हिन्दु-धर्म बाँच्छ तर ब्यबहारिक रुपले नै गरेर देखाउनुपर्छ , ढोंग गर्नु चाहिं हुदैन नि !

बालक : धन्य, गुरु ! गुरुको जय होस् ! हिन्दु-धर्म को जय होस् !

पुरुषोत्तम भण्डारी
९८४२०४१७१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्