“वृत्ताकार जिवन”कबिता – बिदुर कट्वाल

<span class='c1'>“वृत्ताकार जिवन”कबिता –</span> <span class='c2'>बिदुर कट्वाल</span>

 

जिवन ? जन्म,
शुन्य सम्भावना माथिको जित
आमाको पुरानो सारि को टटुक्राबाट,
एकै साथ रुवाइ,हेराइ,अनि श्वासप्रस्वास
सुरु यसरि नै हुन्छ
कहिले कोक्रो
कहिले छाति
घुडाँ,भित्ता र कसैको औँलामा
ताते ताते सँगै
तत्पर,
नवौ दिनको पहिचान जोगाउन
शिशुबाट बालक
किहि भन्दा किन कम छ उ ??
सपना देख्छ,
शर्त निर्धण गर्छ
आफै सँग,
एक जो हुनुछ
थाहै नपाई अब उ जवान छ
तातो रागत,तेज धड्कन
जीति सक्छ,बाँचि सक्छ
अधा सँसार,अधा जिवन
घर,समाज,सँसार सजाउछ
आफ्नै बनाउछ
जिवनको उत्कर्शमा पुग्छ
बुढो हुन्छ
लौरो टेक्छ
धड्काई सुस्ताउछ
एकै साथ
रोकिदिन्छ सास
चिम्लिन्छ आँखा
निर्जिब हुन्छ जिब्रो
शुन्य हुन्छ उ

यसरी शुन्यबाट सुरु भएर
शुन्यमै हराउछ जिवन
तसर्थ,
लामो या छोटो हुदैन
वृत्ताकार हुन्छ जिवन ।।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्