सवारीको ठक्करबाट एक पुरुषको मृत्यु

<span class='c1'>सवारीको ठक्करबाट एक</span> <span class='c2'>पुरुषको मृत्यु</span>

सप्तरी, साउन २८

पूर्व पश्चिम रजामार्ग अन्तरगत सप्तरीको भारदहमा बिहिबार बिहान अज्ञात सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

नम्बर खुल्न नसकेको सवारीको ठक्करबाट अन्दाजी ५५ देखि ६० वर्षको उमेर देखिने मुस्लिम समुदायको जस्तो देखिने पुरुष मानिसको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले बिहान करिब ३ बजे उनलाई भारदह १ स्थित कंकालिनी मन्दिर अगाडी सडकको विच भागमा मुखबाट रगत बगिरहेको अवस्थामा फेला भेटेका थिए। घाइतेको अवस्था र घटनास्थलको प्रकृती हेर्दा उनलाई गाडीले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ।

घाइतेलाई तत्काल उपचारका लागि अंचल अस्पताल राजविराज पुर्‍याएका थिए। उनको सोही अस्पतालमा बिहान ०४३० बजे मृत्यु भएको हो।

ठक्कर दिने सवारी साधनको पहिचान तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्