झुक्किएर झिंगा मार्ने विषादी खाँदा नातीको मृत्यु, हजुरआमा गम्भिर

<span class='c1'>झुक्किएर झिंगा मार्ने विषादी खाँदा</span> <span class='c2'>नातीको मृत्यु, हजुरआमा गम्भिर</span>

उदयपुर, साउन २७ गते।

उदयपुरको कटारी नगरपालिकामा आज झुक्किएर झिंगा मार्ने विषादी सेवन गर्दा एक बालकको मृत्यु भएको छ भने उनकी हजुरआमा बिरामी परेकी छिन।

झिंगा मार्ने विषादीलाई चियापत्ती भन्ठानेर दुधसंग पकाई खाँदा कटारी नगरपालिका २ का ८ वर्षिय सुदिप कटवालको मृत्यु भएको हो। विषादी सेवनबाट उनकी ६० वर्षिया हजुरआमा कृष्ण कुमारी कार्की बिरामी परेकी छिन्। कार्कीले आज बिहान झुक्किएर विषादीलाई चियापत्ती भन्ठानेर दुधसंग पकाई आफू र नातिले बाँडी खाएकी थिईन।

चिया खानासाथ दुवै जना बेहोस भएका थिए। उनीहरुलाई उपचारकालागि मिर्चैयास्थित ग्लोबल अस्पताल लगिएकोमा नातिको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। हजुरआमाको सोही अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्