” मेरो कोखलाई लत्त्याएर ” – प्रज्ञा न्यौपाने

<span class='c1'>” मेरो कोखलाई लत्त्याएर ”</span> <span class='c2'>– प्रज्ञा न्यौपाने</span>

मेरो कोखलाई लत्त्याएर आज
तिमी आनन्दको सुस्केरा लिरहेको छौ
मलाई मेरो सन्तानबाट पर लगेर
आज, आफ्नो सन्तानसङ्ग रमाइरहेको छौ

तिम्रो आगमनको पर्खाइमा कति आँसुलाई भुलाएँ
आएपछी तिमी, तिम्रो हाँसोमा आफ्नो खुशी भेटाएँ
तर,के गल्ती पायौ कुन्नी मेरो मायामा
आमा हैन,केवल बोझका रुपमा आफुलाई पाएँ

जीवनका अन्तिम पलमा आइपुग्दा
थाकिसके तिमिलाई खुवाउने यी हात
तिम्ले पछ्याउँदै हिंड्न सिकेका यी पाइलाले
छोड्न थालिसके मेरा साथ

यो रिति रैछ सायद यस समाजको
नयाँ परिवार जोड्दै पुरानालाई छोड्नुपर्ने
बाबुआमाको कर्ममा यस्तै लेखिन्छ होला
सन्तान हुर्केपछे बाटो अन्तै मोड्नुपर्ने

एक्लो छुइन म चिन्ता नगर बाबू
धेरै छन् मजस्ता यहाँ
यो बस्ती नै रहेछ यस्तो ठाउँ
आफ्नाबाट खेदिएका बस्छन् जहाँ

कालले अहिले खोज्दैछ मलाई
चाँडेै नै यो सन्सारबाट बसाइँ सर्दैछु
आँखामा तिमिले दिएका आँसु सजाउँदै
मनमा तिम्रो खुसीको कामना गर्दैछु

-प्रज्ञा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्