पौडी खेल्ने क्रममा नहरमा डुबेर बालकको मृत्यु

<span class='c1'>पौडी खेल्ने क्रममा नहरमा</span> <span class='c2'>डुबेर बालकको मृत्यु</span>

सुनसरी, भाद्र १ गते।

सुनसरीको मधेसा ९ स्थित नहरमा डुबेर सोमबार एक बालकको ज्यान गएको छ।

मृत्यु हुनेमा मधेशा ५ बस्ने रमेश सिक्देलको ९ वर्षिय छोरा मान बहादुर सिक्देल रहेका छन्। उनको नहरमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो। साथीहरुसंग पौडी खेल्न नहरमा छिरेका उनलाई नहरले बगाएको थियो। उनको शव खोजतलाशका क्रममा सोमबार दिउँसो २ बजे ईनरुवा ३ मा फेला परेको थियो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरी शव आफन्तलाई बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्