शान्ति समितिका संयोजक बन्द हड्तालमा

<span class='c1'>शान्ति समितिका संयोजक</span> <span class='c2'>बन्द हड्तालमा</span>

संयोजक गणेशसहित १० पक्राउ
बुधबार ९ बजेपछि रिहा

झापा । यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट बुधबार बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधन तोडफोड गर्ने १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
शान्ति समिति झापाका संयोजक गणेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष हुन् । उनी विभिन्न समयमा हुने बन्द हड्तालको नेतृत्व गर्दै आएका छन् । शान्ति समितिको संयोजक रहेर बन्द हड्ताल जस्ता गतिविधि गर्दै हिँडेपछि सर्वसाधारणले उनको पर्याप्त टिप्पणी गरेका छन् । उनले प्रचण्ड मोर्चामा रहँदा समेत बन्द हड्तालको अगुवाई गरेका थिए ।
शान्ति समितिका संयोजक चयन भएपछि पनि बन्द हड्तालको नेतृत्व गर्नु अशोभनीय भएको राजनीतिक नेताहरु बताउँछन् । उनीसँगै सवारी तोडफोडमा संलग्न भएका तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुङ्गाना, कोचिला ग्राभुर फ्रन्टका जिल्ला संयोजक खगेन राजवंशी, धनञ्जय राजवंशी, आशिफ शेख, शिव चौधरी लगायतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका बन्दकर्तालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रनाउ राउतले बताए ।
मधेसी मोर्चा, थारू सङ्घर्ष समिति, कोचिला सङ्घर्ष समितिलगायतका दलले आह्वान गरेको बन्दका कारण केही दिनदेखि झापाको जनजीवन प्रभावित भएको छ । समाचार तयार गर्दासम्म उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले बुधबार ९ बजेसम्म नियन्त्रणमै राखेको थियो । इप्रका बिर्तामोडका प्रमुख राउतका अनुसार नियन्त्रणमा रहेका बन्दकर्तालाई छुटाउन आउनेले सबैलाई बिना शर्त छोडिदिन आग्रह गरेपछि छलफल लम्बिएको हो ।
प्रहरीले तोडफोडमा संलग्नलाई राखेर बाँकीलाई छोडिदिने सहमति गरे पनि आन्दोलनकारीले असहमति जनाएका थिए । बुधबार ९ बजेपछि रिहा गरिएको प्रहरीले जनाएको छ 

Mechi Times

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्