तारेर वर्षौदेखि
कयौ सपनाका जन्तीहरु
ऊ हेरिरहेछ
वगिरहेको नदी
उसो त पुल भन्दा कम कहाँ थिए
बामे सरेर उठ्ने बेला
आमाले दिएका सजिला हातहरू
जसले कोमल बालपनको
डाँडाबाट तारेर मलाई
सर्लक्क यहाँसम्म ल्याइदिएका थिए
मेरा सपनाहरू
घरको दैलोबाट निस्कँदा
दलिन पुल भएको थियो
हरेक महिना बुुवाले ब्याङ्कमा हाल्दिएका
पसिनाका धाराहरू
पनि पुल नै थिए
जसले मलाई एक महिना तार्थे
हिँड्दै जाँदा
परिभाषा फेरियो
पुुल सकिएर बाटो नआउने रहेछ
अनुभव फेरियो
तरेका झोलुंगे पुलहरू भन्दा
धेरै हल्लिँदा रहेछन्
कल्पना र यथार्थ जोड्ने पुलहरू
बेलाबेला सपना
पुल भएर
निन्द्रालाई विहानसम्म पुर्याउन आँउछ
अक्षरको पुल तरेर
प्रमाणपत्र–भिसा र पिआरसम्म पुग्छु
फर्किएर नआउनलाई
कहिलेकाहीँ
फत्रक्क गलेर हात छोडिन्छन्
वोेकिरहेका सामानहरू
पुलको हात कुनै दिन गल्यो भने ?
मान्छेहरू भन्छन्
नदिले धार फेर्यो
पुलले पनि फेर्यो भने के हुन्छ ?
मसँगै
अरु कति कति छन्
पुलमा दौडिरहेका मानिसहरू
नेताजी कलेज छउन्जेल
मेरो सेन्टिमेन्टको भर्याङ्क चढे
र मेरै टाउकोवाट पुल बनाएर
सत्तासम्म पुगे
सपनाको खोजीमा कतै उडेका बचेराहरु
फेरि गुँड फर्किएनन्
आसमा पर्खिरहेका आँखाहरूले
पुल हालिरहे परssss क्षितिजसम्म
सहरको आकाशे पुलले
कहिल्यै पुर्याएन मान्छेलाई
मान्छे नजिक
कारमा बसेर
बृद्घाश्रम धाईरहेकाहरू
वावुआमालाई
वैतरणी नदीको पुल तार्न हतार गरिरहेछन्
उमेरको पुलमा
एक जीवन यात्रा गरिरहेका म र हामी
भुलिरहेछौ
जीवनको अन्तिम पुलमा
हिँडिरहेको हैन
सुतिरहेका हुनेछौ ।
देउराली ७, भोजपूर
हाल: कीर्तिपूर