सुपारीको खबटाबाट थाल र बटुवा बनाउने उद्योग सञ्चालन

<span class='c1'>सुपारीको खबटाबाट थाल र</span> <span class='c2'>बटुवा बनाउने उद्योग सञ्चालन</span>

राजु पौडेल
झापा, ६ भदौ । झापाको बुधबारे—५ का सुपारी किसान नारायणप्रसाद रिजालले नेपाल सुपारी खेती विकास संस्थाको सहयोगमा सुपारीको खबटाबाट थाल, बटुका बनाउने उद्योग सञ्चालनमा ल्याएदेखि झापामा खेर गइरहेको सुपारीको खबटा सदुपयोग हुन थालेको छ । झापाका सुपारी किसानका बारीमा सडेर जाने खबटाबाट आकर्षक किसिमका थालहरु उत्पादन सुरु भएपछि किसानलाई आम्दानीको अर्को स्रोत थपिएको छ । गत फागुनमा भारतको केरलाबाट १० लाख रुपैयाँमा मेसिन खरिद गरेर ल्याएका रिजालले सुपारीको खबटाबाट आकर्षक थाल, बटुका बनाएर बिक्री गर्न थालेका छन् । प्लाष्टिक र कागजबाट निर्मित दुना, टपरी, थाल, बटुकाको सट्टा स्वदेशकै कच्चपदार्थको प्रयोगबाट उत्पादित वस्तुको सामग्रीले विस्तारै बजारसमेत लिन थालेको छ । विगतमा सुपारीको फल मात्र काममा आउने गरेकोमा अब खबटा पनि काममा आउने भएपछि सुपारी किसानदेखि उद्योग सञ्चालक समेत हर्सित भएका छन् । तर, दैनिक घण्टै हुने लोडसेडिङले भने उद्योगको उत्पादनमा प्रभाव पार्ने गरेको उद्योग सञ्चालक नारायणप्रसाद रिजाल बताउनुहुन्छ । रिजालको उद्योगमा हाल तीनवटा मेसिन जडान गरिएका छन् । यसले छ प्रकारका साना बटुका र ठूला थाल बनाउँछ । यस्ता थाल बटुका हेर्दा आकर्षक देखिनुका साथै त्यसमा जुनसुकै खानेकुरा राखेर मज्जाले खान सकिन्छ । सञ्चालकका अनुसार बजारमा सुपारीका थाली प्रतिगोटा तीनदेखि आठ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । नेपाल सुपारीखेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले सुपारी व्यवसायको आधुनिकीकरण गर्न नयाँ—नयाँ प्रविधिहरु भित्र्याउन आफूहरु लागिरहेको भन्दै सरकारले समेत आफूहरुलाई साथ दिए सुपारी खेती र व्यवसायबाट राम्रो रोजगारी सिर्जना गर्न सकिने बताउनुहुन्छ । सुपारीका थाल बटुकाको उत्पादनले भारतबाट भित्रिएका प्लाष्टिकका थालीलाई विस्थापित गरेर स्वदेशी स्रोत, साधन र उत्पादनलाई बढवा दिनसक्ने देखिन्छ । उद्योगबाट उत्पादित सामानलाई काठमाडौँदेखि अमेरिकासम्म पठाउने लक्ष्य राखिएको छ ।

 

-Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्