गृहमन्त्री वामदेव गौतमको राजीनामा माग

<span class='c1'>गृहमन्त्री वामदेव गौतमको</span> <span class='c2'>राजीनामा माग</span>

सुरेश घिमिरे
इटहरी, ८ भदौ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको राजीनामा माग गर्दै थरुहट कार्यकर्ताहरुले मंगलबार सुनसरीको दुहबी–भलुवामा लाठीसहित प्रदर्शन गरेका छन् । लाठीसहित दुहबी चौकमा प्रदर्शन भएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।  नेपाल प्रहरी र नेपाली सेनाको टोलीसमेत दुहबी क्षेत्रमा तैनाथ गरिएको छ । कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्यामसिंह चौधरीको नेतृत्वमा प्रहरी खटाइएको थियो भने नेपाली सेनाको पूर्वी पृतनाबाट समेत एक गाडी सेना दुहबी क्षेत्रमा आएर मार्चपास गरेका थिए । थरुहट राज्यको माग गर्दै तराईका २२ जिल्लाहरुमा लामो समयदेखि आन्दोलन गर्दै आएका उनीहरुले आफ्नो आन्दोलनका क्रममा ब्यापक प्रहरी दमन भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । थरुहटका कार्यकर्ताहरुले दुहबी बजार बन्द गराउँदै सवारी साधन सञ्चालन गर्न नदिएपछि बिहानैदेखि विराटनगर–इटहरीको यातायात सेवा पनि ठप्प भयो । आन्दोलनकारीहरु सडकमा टेन्ट टाँगेर बसेका छन् । हिजो साँझ प्रर्दशनकारीहरुले दुहबीमा गर्भवती महिला बोकेर विराटनगर आउँदै गरेको एउटा एम्बुलेन्ससमेत तोडफोड गरेका थिए । इलाका प्रहरी कार्यालय दुहबीले महिलालाई तत्काल उद्धार गरी अस्पताल पु¥याएको जनाएको छ । थरुहरुको बन्दका कारण सुनसरीको इनरुवा, दुहबी, झुम्कासहित पश्चिम तराईका जिल्लाहरु बढी प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्