छुट्टाछुट्ठै सवारी दुर्घटनाबाट जना तीन जना घाइते

<span class='c1'>छुट्टाछुट्ठै सवारी दुर्घटनाबाट जना</span> <span class='c2'>तीन जना घाइते</span>

विराटनगर ९ भदौ । मोरङ र झापा जिल्लामा मंगलबार छुट्टाछुट्ठै सवारी दुर्घटनाबाट जना तीन जना घाइते भएका छन् । मोरङको सुन्दर–दुलारी नगरपालिका र कोशी हरैचा नगरपालिाकामा बसको ठक्करबाट र पिकअपबाट झरेर दुई जना घाइते भएका छन् । बा. ३ ख १७९ न. को बसको ठक्करबाट भोजपुर याङपाङ ५ घर भई सुनसरीको ईटहरी नगरपालिका ४ बस्ने वर्ष १६ का पैदलयात्री राजकुमार आले मगर घाइते भएका हुन भने नम्बर नखुलेको पिकअप पछाडी झुण्डिएर यात्रा गर्नेक्रममा पिकअपबाट झरेर स्थानीय ९ वर्षिय विक्कि खवास घाइते भएका छन् । मगरलाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको बसले सुन्दर(दुलारी नगरपालिका ११ मा अपरान्ह साढे ४ बजेतिर ठक्कर दिएको थियो । बस तथा चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ। घाइते दुबैलाई उपचारकालागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । त्यस्तै झापाको बिर्तामोडमा मे. ४ प ६५१ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना मोटरसाइकलका चालक झापा कन्काइ नगरपालिका ४ बस्ने २७ वर्षिय निकेश ओली गम्भिर घाइते भएका छन् । ओलीलाई उपचारकालागि मनमोहन अस्पताल बिर्तामोड पुर्‍याइएको छ । मंगलबार राती १० बजे उनी पूर्वबाट पश्चिमतर्फ जानेक्रममा मोटरसाइकल दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्