चट्याङ लागेर एकै परिबारका दुई जनाको मृत्यु

<span class='c1'>चट्याङ लागेर एकै परिबारका</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

विराटनगर १० भदौ । सुनसरीको कप्तानगञ्ज गाविसमा चट्याङ लागेर एकै परिबारका दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान चट्याङ लागेर कप्तानगञ्ज ६ कि ५५ वर्षीया मोहरीदेवी सरदार र उहाँकै नातिनी सात वर्षीया चाँदनी सरदारको मृत्यु भएको हो । बिहानको खाना बनाउने क्रममा घरमै रहेको अबस्थामा चट्याङ लागेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको नरसिंह ९ मा पानीमा डुबेको अवस्थामा बुधबार एक पुरुषको शव फेला परेको छ । पश्चिम कुशाहा ८ बस्ने वर्ष ४५ का दीलिपकुमार उरावको शव नालाको पानीमा डुबेको अवस्थामा फेला परेको हो । मृत्युको कारण खुल्न नसके पनि शव पानीमा केही दिनअघि डुबेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्