बाटो खन्ने क्रममा चिप्लिएर एकको मृत्यू

<span class='c1'>बाटो खन्ने क्रममा</span> <span class='c2'>चिप्लिएर एकको मृत्यू</span>

विराटनगर १० भदौ । ताप्लेजुङको खेवाङ गाविसमा बाटो खन्नेक्रममा लडेर एकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब दुई बजे खेवाङ १ र २ को बीचमा रहेको बाटो खन्ने क्रममा लडेका सुरुम्खीम गाविस वडा नम्बर ६ का खड्ग बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ २७ र २८ गतेको वर्षाका कारण झरेको पहिरोले भत्काएको बाटो खन्ने क्रममा उनको लडेको स्थानीयबासीले जनाएका छन् । चिल्पिलिएर लडेका राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोईरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्