ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

<span class='c1'>ट्र्याक्टर पल्टिँदा एक</span> <span class='c2'>जनाको मृत्यु</span>

लहान

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।

नम्बर मेटिसकेका ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्र्याक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ ।

ट्र्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्र््याक्टरका चालक र ट्र्याक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्