प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

<span class='c1'>प्राधिकरणका नवनियुक्त कार्यकारी</span> <span class='c2'>निर्देशक घिसिङद्वारा पदबहाली</span>

काठमाडौं

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गर्नुभएको छ ।
घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको हो ।

बुधबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर नियुक्तिपत्र बुझ्नुभएपछि नवनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पदबहाली गर्नुभएको हो । उहाँलाई प्राधिकरणमा कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुत्त, गरेको ऊर्जा मन्त्रालयले जनाएको थियो ।
२०७३ भदौ २९ को मन्त्रिपरिषदको निर्णयबाट कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । उहाँले सो अवधिमा लोडसेडिङ अन्त्य गर्नुभएको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लानुभएको श्रेय पाउनुभएको थियो ।

नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएपछि घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य व्यवस्थापन गर्नुभएको थियो ।त्यसपछि २०७५ वैशाखदेखि देश लोडसेडिङ मुक्त भएको घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्