ईटहरीका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीलाई कार्यालय मै थुने

<span class='c1'>ईटहरीका मेयर द्वारिकलाल चौधरीले</span> <span class='c2'>सेवाग्राहीलाई कार्यालय मै थुने</span>

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एक सेवाग्राहीलाई स्थानीयलाई कार्यालयमै थुनेको खुलसा भएको छ ।

इटहरी– ४ का यामप्रसाद ढकाललाई आफ्नो कार्यालयमा बोलाएर थुनेको स्थानिय सञ्चारकर्मी विनय बाह्कोटीले जानकारी दिएका छन् ।
मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर कार्यलय ढकाललाई बोलाएको बुझिएको छ । कार्यलयमा पुगेपछि घर भत्काउनुपर्यो भन्दै धम्की दिएका मेयर चौधरीले थुनेर भागेको ढकालको आरोप छ । आफू घर भत्काउन नसक्ने प्रतिक्रिया दिएपछि बाहिरबाट चुकुल लगाएर मेयर गाडी चडेर हिँडेको उनको भनाइ छ ।


मंगलबार मात्र इटहरी– १३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका थिए । सार्वजनिक जग्गा मिच्न नपाउने भन्दै उनले आक्रामक शैली अहिले सो क्षेत्रमा घर तथा पर्खाल भत्काउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्