एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी

<span class='c1'>एक लाख ३५ हजार</span> <span class='c2'>नगरवासीलाई शुद्ध पिउने पानी</span>

बागमती

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ ।

बोर्डले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा हेटौँडाभित्रका १४ वडाका विभिन्न भूभागमा बसोबास गर्ने करिब एक लाख ३५ हजार नगरवासीलाई विभिन्न स्रोतबाट दैनिक सरदर एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको जानकारी दिइएको हो ।
बोर्डका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ मा बिलिङ गरेकामा रु नौ करोड १८ लाख ७२ हजारमध्ये रु नौ करोड १८ लाख ७२ हजार अर्थात् ९५ दशमलव १९ प्रतिशत महसुल उठाउन सफल भएको बोर्डका कार्यकारी निर्देशक शुदर्शन ढकालले बताउनुभयो ।

बोर्डले आर्थिक वर्ष २०७७-७८ को प्रगति विवरण तथा आर्थिक वर्ष ७८-०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रममार्फत नगरवासीलाई एउटा सतहगत, २१ डिप बोरिङ, सात समवेलबाट नियमित दैनिक छ देखि सात घण्टा करिब २० हजार ८८४ धारामा करिब सरदर एक करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्