मन्त्री राईको जन्मदिन मानव सेवा आश्रममा

<span class='c1'>मन्त्री राईको जन्मदिन</span> <span class='c2'>मानव सेवा आश्रममा</span>

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन विराटनगर–१० को मानव सेवा आश्रममा मनाउनु भएको छ । आश्रममा आश्रित ८५ जनासँग बसेर उहाँले जन्मदिन मनाउनु भएको हो ।

मन्त्री राईले आश्रममा रहेकाहरुलाई शुक्रबार साँझको खाना खुवाउनु भएको थियो । मानव सेवा आश्रममा प्रदेश १ का विभिन्न जिल्लाहरुबाट उद्धार गरिएका सहयोगापेक्षी तथा सडक आश्रितहरु रहेका छन् । मन्त्री राईले प्रदेश १ सरकारले सडकआश्रित मानवमुक्त प्रदेश बनाउने अभियानमा रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा विराटनगरमा सहयोगापेक्षी तथा सडक आश्रितहरुका लागि भवन पनि निर्माण भईरहेको बताउनुभयो ।

मानव सेवा आश्रममा आयोजित कार्यक्रममा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष पर्शुराम बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक पुनम दाहालले मानव सेवा आश्रमले अहिलेसम्म गरेका कामका बारेमा मन्त्री राईलाई जानकारी गराउनु भएको थियो । यसअघि मन्त्री राईको पहलमा मानव सेवा आश्रममा रहेकाहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्