कारले ठक्कर दिएर मोटरसाइकलमा सवार एक मृत्यु, दुई घाइते

<span class='c1'>कारले ठक्कर दिएर मोटरसाइकलमा सवार</span> <span class='c2'>एक मृत्यु, दुई घाइते</span>

सुनसरी, भाद्र १३

कोशी राजमार्ग अन्तरगत सुनसरी जिल्लाको धरान नगरपालिका ८ मा शनिबार दिउँसो कारले मोटरसाइकललाई ठक्कर दिएको छ।

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने उनका पत्नी तथा छोरा घाइते भएका छन्।

ईटहरीबाट धरानतर्फ जादै गरेको बा. ८ च ८५७५ नम्बरको कारले कारले ठक्कर दिएर को. ९ प ५७६८ नम्बरको मोटरसाइकल चालक धनकुटा नगरपालिका ६ बस्ने ३२ वर्षिय सुनिल साहको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल पछाडी सवार उनका २८ वर्षिया पत्नी बबिता साह र ७ वर्षिय छोरा गम्भिर घाइते भएकाले उपचारका लागि सिलिगुढी पठाइएको छ।

कार चालक ईटहरी नगरपालिका ८ बस्ने ३० वर्षिय केदार राईलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्