यथास्थितिवादी ,परिवर्तनकारी कि अवशरवादी ?

<span class='c1'>यथास्थितिवादी ,परिवर्तनकारी कि</span> <span class='c2'>अवशरवादी ?</span>

बालक: गुरु, एउटा प्रश्न सोधौं ?

गुरु: सोध बालक , सोध !

बालक: गुरु, हजुर यथास्थितिवादी हो कि परिवर्तनकारी ?

गुरु: दुवै हैन, म त अवसरवादी हुँ, अवसरवादी !

बालक :अवशरवादी हुनु राम्रो होर , गुरु ?

गुरु: खै ! राम्रो हो कि नराम्रो ..........तर म चाहिं सांच्चिक्कै अवशरवादी हुँ , बालक !

बालक : गुरु, हजुर जस्तो मान्छेले नै त्यसो भन्ने हो भने ,यो देश कसरि बन्छ होला, गुरु ?

गुरु: पहिला म तिम्रो उमेरमा परिवर्तनकारी थिएँ, त्यसैले भैरहेका बाबु-आमा संग बस्न छोडेर , छुट्टीएर एक्लै बसें , अंशमा पाएको धान खेत र घडेरी बेचेर मोटरसाइकल किने, टिभी किने , रक्शिका बोतल सजाउने बडेमाको सिसाको दराज किने , साथि-भाई लाई रक्शिको पार्टी ख्वाएर , घर लाई नै डिस्को बनाएँ , भएको रुपियाँ-पैसा नसकिउञ्जेल नयाँ-नयाँ परिवर्तनकारी काम मात्रै गरें, र अन्त्यमा पुरै परिवर्तन भएर भिख-मंगा नै भएँ ...............त्यसपछि .........

बालक: त्यसपछि के भो , गुरु ? गुरु: त्यसपछि म परिवर्तनकारी भन्ने सोचाई बाट पुरै मुक्त भएँ , बालक ! पुरै मुक्त भएँ ! बालक : गुरु, हजुरले भनेजस्तो चारित्रिक व्यहोरा नासिने परिवर्तनकारिको कुरो गर्या हैन त मैले ! मैले त राजनीतिक, सामाजिक र अन्य क्षेत्रको पो कुरो गरेको थिएँ त ,गुरु ! गुरु: मैले तिम्रो कुरो बुझेंर त मेरो आफ्नो परिवर्तनकारी भूमिकाको कुरो गरेको नि ! रक्शी खाएर चरित्रमा परिवर्तन ल्याउन सिकेको मैले "राजनीति"मा लागेकै बेला हो ! धान-खेत र घडेरी बेचेको पनि चुनावमा सांसद बन्छु र सामान्य व्यक्ति बाट ठुलो मान्छे बन्छु भनेर परिवर्तनकै लागि हो , अर्का लाई ढाँटन , छल्न र काट-मार गर्न सिकेको पनि त्यहि राजनीति मैं लागेर "परिवर्तनकारी " भएर नै हो !

बालक: गुरु, अवशरवादी चाहिं किन र कसरि हुनुभयो नि ?

गुरु: हेर बालक , म एकै चोटी अवशरवादी भएको चाहिं हैन , बुझ्यौ ? जतिबेला म पुरै परिवर्तन भएर नंगा, भिख-मंगा भए नि , त्यसपछि म करीब-करीब ४/५ बर्ष सम्म यथाश्थितिवादी भएँ , न कसैले मलाई पत्यायो , न मैले केहि गर्न सकें ! दिनभरी पहिलाकै जसरि कुकुर डुले झैं , डुल्थे र साँझ परेपछि , तिनै बुढा भैसकेका आमा-बाउको पुरानो घर छिरेर , लौन ! आमा भोकले मर्न आँटे भनेर , खाना मागेर खान्थें ! त्यहि प्रक्रिया दिने-पिच्छे दोहोर्याईरहन्थे ! बिचरा ! आमाको मन ! छोरोले खान पाएन भनेर , सधैंभरी लुकाई -लुकाई खान दिनुभयो र म करीब-करीब ४/५ बर्ष त यथाश्थिति मैं रमाएँ !

बालक: होर , गुरु ? हजुरले पनि त्यस्तो दुख गर्नुभयो ? मलाई त पत्यार नै लाग्दैन ! यो आलिशान भवन, यी गाडीका ताँती , यी नोकर-चाकर ..........कसले पत्याउँछ र ? हैन होला , गुरु ! हैन होला !

गुरु: हेर , बालक ! वास्तविकता यहि नै हो ! पहिला म राजनितिमैं थिएँ तर मैले प्रगति गर्न सकेको थिइन ! किनभने मैले आफ्नो खेत-बारी बेचेर राजनीति गर्थें , जुन सोर्है आना मुर्खतापूर्ण रहेछ ! एक रात्रि आमाको घर बाट भात खाएर फिर्दै थिएँ , एउटा ठुलो गाडी मेरो अगाडी आएर रोकियो र मलाई भित्र बस भनेर भित्रको मान्छेले आदेस दियो ! म गाडी-भित्र पसें ! त्यो गाडीले मलाई एउटा बडेमाको होटेलमा पुर्यायो ! अनि..........

बालक: अनि के भो , गुरु ?

गुरु: अनि एउटा ठुलो हलमा पुर्याईयो ! त्यहाँ त देश चलाउने ठुला-ठुला व्यक्ति देखि लिएर राजनीतिमा लागेका ठुला-ठुला नेता पो रहेछन ! त्यहाँ मलाई केहि कामहरु सुम्पिइयो , जसबापत मैले घर, गाडी , सुरा, सुन्दरी , सुरक्षा -गार्ड , अरु पनि के के हो के के पाउथें अरे ! त्यो प्रस्ताव सुनेर म त मख्ख परिहालें नि ! काहाँ भिख-मंगा जस्तो भएर हिड्ने म , काहाँ त्यस्तो-त्यस्तो अफर पाउने म ...........मैले तुरुन्तै हुन्छ भनिहालें ! त्यहि दिन देखि म अवशरवादी भैहालें नि ! बालक: अनि गुरु, हजुरले काम चाहिं के गर्नु पर्थ्यो नि ?

गुरु: हेर , बालक ! काम चाहिं बडो सजिलो ! गाउँ-गाउँ गएर अवशर नपाएका युवाहरु लाई अवशर को अफर दिनुपर्ने , बस त्यत्ति , अरु केहि हैन !

बालक: कस्तो अवशर, गुरु ? मैले त अझै कुरो बुझिन नि ? गुरु, अब कस्तो अवशर भन्नु नि , जसले चोर्न पाएका छैनन् , तिनीहरु लाई चोर्ने अवशर दिने, जसले काट-मार गर्न पाएका छैनन् , उनीहरु लाई अर्को जातिका मानिस लाई काट-मार गर्न पाउने अवशर, जसले जातीय हिंशा भड्काउन पाएका छैनन् , उनीहरु लाई त्यस्तै अवशर दिने र जसले राजनीतिको खोल ओढेर देश बिखन्डन गर्न पाएको छैन , त्यस्ता लाई त्यस्तै अवशर ...........देशका सिमानामा गाडिएका खम्बा उखेलेर फ्याँक्ने लाई त्यस्तै अवशर , देशका महत्वपुर्ण नक्शा -कागजात चोर्न सक्नेलाई ,त्यसति अवशर, ..........कत्ति हो कत्ति छन नि , अवशर नै अवशर !

बालक : राम !राम ! राम ! गुरु, यस्तो पनि अवशर हो र ? यो त सरासर देश-द्रोह हैन र ? हजुर गुरु भएर पनि यस्तो .....? मैले त सुन्नै सकिन , गुरु !

गुरु: हेर , बालक ! अवशर भनेको अवशर नै हो ! के तिमीलाई अहिले कसैले जागिर खाने अवशर दियो भने खादैनौ त ? म त एउटा सानो गुरु........यो देशमा त ठुला-ठुला कलेजका गुरु, राजनीतिका गुरु , डाक्टरका गुरु, खेलाडीका गुरु , समाजसेवीका गुरु ..........लग-भग सबै क्षेत्रका गुरुहरुले मैले पाए जस्तो अवशरको सदुपयोग गरेकाछन र आ-आफ्नो क्षेत्रका बहुमुल्य कुराहरु बेच्दै , पाएको अवशरको सदुपयोग गर्दै छन ! भोलि तिमीले जागिर खाने ठाऊँमा तिमीले पनि यस्तै अवशर पाउने छौ र तिमि पनि मैं जसरि नै रमाउने छौ ..........................

बालक : त्यसैले तपाईं "अवशरवादी " हुनुभएकोमा खुशी हुनुभएको , गुरु ? गुरु: हो, बालक ! हो ! बालक: (मनमनै.........हाम्रो देशले , हामि युवाले किन देश विकास गर्ने अवशर नपाएका रहेछौं भन्या त..

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्