सौन्दर्यकर्मी युनियन प्रदेश १ को अध्यक्षमा आशा र सचिवमा कला डाँगी चयन

<span class='c1'>सौन्दर्यकर्मी युनियन प्रदेश १ को अध्यक्षमा</span> <span class='c2'>आशा र सचिवमा कला डाँगी चयन</span>

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को अध्यक्षमा आशा कुमारी लिम्बु चयन भएकी छिन् । कोभिड १९ को कारण भर्चुयल माध्यमबाट बुधबार भएको दोस्रो अधिवेशनबाट लिम्बु सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् ।


समितिको उपाध्यक्षमा ललिता धिमाल, सचिवमा कला डाँगी, सह–सचिबमा मन्जु कार्की र कोषाध्यक्षमा सन्धा बस्नेत रहेकी छिन् । समितिको अन्य सदस्यहरुमा स्मिता ठाकुरी, सायदा तमसुम, गंगा तामाङ, गंगा चर्मकार, मार्ता राई , जशु प्रधान र रिता दनुवार रहेकी छिन् ।
सौन्दर्यकर्मी यूनियनमा ५ सय भन्दा बढी ब्यूटिसियन आवद्ध रहेका छन् ।


अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएकी लिम्बले सिटीभिटीको कोर्ष सकेर सौन्दर्यकर्मीहरूको हकहितमा लागि काम गर्ने बताइन् । यता भर्खरै चयन भएकी सचिव डाँगी यसअघि सौन्र्दयकर्मी युनियको सदस्य भइसकेकी डाँगी २०७२ सालदेखि ब्युटिसियन क्षेत्रमा रहेर सौन्र्दयकर्मीहरूको हकहितमा लागि परेकी छिन् । यसअघि मोरङको सौन्दयकर्मी युनियको सचिव रहदा पनि डाँगीले ब्युटिसियनहरूलाई आत्मनिर्भर बनाउन विभिन्न खाले कार्यक्रम र क्षमता अभिवृद्धि गर्ने तालिमहरू ल्याएकी थिइन् । आगमी दिनमा पनि ब्यूटिसियनहरुको हकहितमा काम गर्दै अगाडी बढ्ने अध्यक्ष लिम्बुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्