आफ्ना कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरेको भन्दै फार्मेशी व्यावसाय आन्दोलनमा

<span class='c1'>आफ्ना कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ</span> <span class='c2'>गरेको भन्दै फार्मेशी व्यावसाय आन्दोलनमा</span>

विराटनगर । नोवेल अस्पताल बाहिर फार्मेसी संचालन गरेर बसेका औषधी व्यावसायीहरुले पसल बन्द गरेर आन्दोनमा उत्रिएका छन् ।
मोरङ प्रहरीले आफ्ना सहकर्मीहरुलाई विना कारण पक्राउ गरेको भन्दै बुधबार दिउसो व्यावसायीहरुले पसल बन्द गरेर आन्दोनलन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले हिजो मङगलबार राती नोवेल अस्पताल बाहिर फार्मेसीमा काम गर्ने ७ जना र कोशी अस्पतालबाट ३ जना व्यक्तिलाई पक्राउ गरेको भन्दै उनीहरुले प्रहरी विरुद्ध चर्को नारावाजी गरेका छन् । झन्डै ७० को हाराहारीमा रहेका औषधी व्यावसायीहरुले आफ्नो पसल बन्द गरेर आन्दोनमा उत्रिएका हुन् ।

नोबेल अगाडीदेखि पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, यूनि कियर फार्मेसीका रोशन गुप्ता, दाजु भाइ फार्मेशीका अमित यादव, क्याटलाइसेस फार्मेशीका मोहमद सिराद, एपी फर्मेशीका फिरोज रोय र अलि फार्मेशीको विश्वास मण्डल रहेका छन् ।
नोबेल अगाडीदेखि पक्राउ परेका फार्मेशीकामा काम गर्ने हुन् । यस्तै कोशी अस्पताल अगाडीदेखि पनि मोरङ प्रहरी श्रीराम चौधरी, सुर्यनारयण यादव र मो. जलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू कुन फार्मेशीको रहेको खुलेको छैन ।
आफ्ना सहकमीहरुलाई विना विना कारण पक्रन पाईदैन भन्दै प्रहरीले विना सर्तमा छाड्नु पर्ने नोवेल फार्मेसी समाजका अध्यक्ष राजकुमार यालवको भनाई छ ।

ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाउने लोभमा क्लनिक र अस्पतालमा लैजाने गरेको भेटिएपछि पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख जर्नादन जिसीले जानकारी दिनुभयो । पक्राउ परेकाहरूले अस्पताल अगाडी बसेर विभिन्न बहाना बनाउने आफु अनुकुलको अस्पतला पु¥याउने र औषधी किन्न पनि फार्मेशी लैजाने गरेको देखिएपछी पक्राउ गरिएको एसपी जिसीले बताउनुभयो ।
प्रहरीले यसअघि पनि अस्पताल अगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाइ पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्