विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकाका विभिन्न सडकमा दैनिक जसो दुर्घटना हुने गरेको छ । सडकमा घर पालुवा गाई वस्तु छाडिदिने गरेका कारण पछिल्लो समय यस्ता खालका दुर्घटना निम्तिने गरेको पाइएको हो ।
विशेष गरी धरान विराटनगर सडक खण्ड अन्र्तगत प्राय जसो खुला चौपाए छाडिदिने गर्नाले बढी दुर्घटना निम्तने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको तत्याङक छ । घरधनीहरुले विहान बेलुका घरमा राख्ने र दिउसो भईसकेपछि खुला सडकमा छाडिदिने गरेका कारण यस किसीम बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७७-७८ मात्रै खुल्ला चौपायका कारण एक दर्जन भन्दा बढी सो क्षेत्रमा सवारी दुर्घटना हुन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यलयको तथ्याङकमा उल्लेख छ ।
विराटनगर महानगरपालीकाले सडकमा खुल्ला छाडिएका कुकुर र चौपायलाई नियन्त्रण गर्नको निम्ति जति नै अभियान चलाए पनि खासै यसको प्रभावकारीता भने देखिएको छैन । महानगरपालीकाबाट खटिएको नगर प्रहरीले सडकबाट प्रत्येक दिन जनवारलाई नियन्त्रणमा लिएर जनवारका धनीलाई जरिवाना तिराउने गर्दछ ।
महानगरका अधिकंश सडक तथा गल्लीहरुमा हुने छाडा चौपायहरुको कारण दुर्घटनाको क्रम बढ्दो छ जसले गर्दा कयौं सर्वसाधारण सडक यात्रुहरु घाइते मात्र नबनेर कतिपयले त ज्यानै सम्म गुमाउन बाध्य भएका छन्।