बालबालिका र किशोरीको बेचबिखन र ओसारपसार रोक्न सीमा क्षेत्र लक्षित सचेतना

<span class='c1'>बालबालिका र किशोरीको बेचबिखन र ओसारपसार</span> <span class='c2'>रोक्न सीमा क्षेत्र लक्षित सचेतना</span>

विराटनगर । बालबालिका र किशोरीलाई बेचबिखन हुनबाट जोगाउने उपाय सचेतना भएको भन्दै अभियानलाई तिब्र पारिएको छ। माईती नेपाल बिराटनगरले बालिका र किशोरीसँग मानव वेचविखन तथा ओसारपोसार विरुद्ध कानुनी सचेतना गरेको हो । अभियानको रुपमा शुरु भएको यो कार्यक्रम बिराटनगर महानगरपालिकाको सीमा क्षेत्रका किशोरी र बालिलाई लक्षित गरि शुरु भएको हो । बिराटनगर महानगरपालिका वडा नम्बर ११, १२, १३, १५ र १६ का किशोरी र बालिकालाई सचेतना प्रदान गरिएको माईती नेपाल बिराटनगरका कार्यक्रम संयोजक बिनोद पोखरेलले बताए ।

माइती नेपालले आयोजना गरेको मानब बेचविखन तथा ओसारपार विरुद्ध कानूनी सचेतनामा २० जना बालिका तथा किशोरी सहभागी भएका थिए । कोभिड १९को माहामारीमा पनि बालबालिका र किशोरीलाई ललाई फकाई सीमा पार गराउने गरेको पाईएपछि यसलाई न्युनिकरणको लागि सीमामा अभियान चलाईएको पोखरेलले बताए । सचेतना अभियानको क्रममा स्थानीय जनप्रतिनिधि कमला सुब्बा, सामुदायिक प्रहरकी दिपा पौड्याल र एविसि नेपालद्धारा संचालित सेफहाउस इन्चार्ज सृजना भण्डारी पनि सहभागी थिए । वडागत रुपमा शुरु भएको सचेतना कार्यक्रम अन्य पालिकाहरुमा हुने माईती नेपालले जनाएको छ। गाउँ गाउँमा हुने सचेतनाको माध्यामबाट सुचना आदान प्रदानमा टेवा पुग्ने तथा कानुनी ज्ञानका कारण त्यस्ता जानकारी प्रहरी प्रशासनसम्म जानकारी हुने भएकोले यो अभियान प्रभावकारी हुने पोखरेलको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्