विराटनगरमा ६३ जनासहित प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

<span class='c1'>विराटनगरमा ६३ जनासहित प्रदेश १</span> <span class='c2'>मा ४८४ जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, कानेपोखरी, मिक्लाजुङ र स्थानीयतहनखुलेका १–१, झापाको विर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४–१४ दमकमा १३, मेचीनगरमा ११, अर्जुनधारामा ८, भद्रपुरमा७, कनकाईमा ६, कमलगाउँपालिकामा ३, बुद्धशान्ति र बा¥हदशीमा २–२, गौरादह, हल्दिबारी र झापागाउँपालिकामा १–१, सुनसरीको धरानमा ३४, इटहरीमा १२, रामधुनीमा ३, इनरुवामा २, बराहक्षेत्र र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, महालक्ष्मीमा १, इलामको इलामनगरपालिका र चुलाचुलीमा २–२, सुर्योदय र मांसेबुङमा १–१, पाँचथरको फिदिम र फालेलुङमा १–१, खोटाङको खोटेहाङ, उदयपुरको चौदण्डीगढी र संखुवासभामा१–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माआज ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२६ महिला र २६५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्