विराटनगर । वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै सर्वसाधारणसँग रकम असुलेर शर्त अनुसार नपठाएको भन्दै विराटनगर–१२ का विजय यादवको घर युवाहरुले घेरेका छन् । सिराहाबाट यादवलाई खोज्दै विराटनगर आएका युवाहरुले यादवको घर घेरेर रकम फिर्ता मागेका हुन् ।
गाडी रिजर्भ गरेर विराटनगर आएका उनीहरुबाट विदेश पठाईदिने भन्दै यादवले रकम लिएको बताएका छन् । सिराहाको मिर्चैयामा देवभूमि ग्रुप अफ एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका यादवले आफूहरुलाई ठगेको उनीहरुले गुनासो गरेका छन् ।