ओबी ‘ब्लक’ विरुद्ध नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, क्लासिक टेकले क्षमा नमागे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी

<span class='c1'>ओबी ‘ब्लक’ विरुद्ध नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, क्लासिक टेकले</span> <span class='c2'>क्षमा नमागे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी</span>

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दी विरुद्ध समाचार प्रकाशन गरेको विषयलाई लिएर गरिएको प्रतिबन्ध तत्काल हटाउन महासंघ मोरङले आग्रह गरेको हो ।

महासंघ मोरङका सचिव नेत्र पि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमा प्रकाशित समाचारबारे चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार भएपनि सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हनन् भएकाले तत्काल क्षमा माग्दै प्रतिवन्ध हटाउन ध्यानाकर्षण गराउनु भएको हो ।
सचिव अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–समाचार प्रकाशनको विषयलाई लिएर इन्टरनेट प्रदायक निजी कम्पनिले सञ्चारमाध्यमलाई नै प्रतिबन्ध लगाउने कार्य नेपालको संविधानविपरीत कार्य भएको हाम्रो ठहर छ, सञ्चारमाध्यमलाई ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हनन् भएकाले क्लासिक टेकलाई तत्काल क्षमा माग्दै प्रतिबन्ध हटाउन ध्यानाकर्षण गराउँदछौं । महासंघले विषयप्रति गम्भीर नबने जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी समेत दिइएको छ ।

विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार आवर विराटनगर डटकमले प्रकाशित गरेको थियो । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले क्लासिक टेकको कार्यालयमा तालाबन्दी गरेका थिए ।

यता क्लासिक टेकले आफ्नो कमजोरी ढाकछोप गर्न व्यक्तिगत स्वार्थसँग जोडेर समाचार प्रकाशित भएको भन्दै विज्ञप्ती प्रकाशित गरेको छ । नागरिकलाई प्रदान गर्ने सेवा प्रवाह चुस्त राख्न नसक्दा सेवाग्राहीले आफ्नो गुनासो सञ्चारमाध्यममा ल्याएको विषयलाई क्लासिक टेकले गम्भीर रुपमा नलिएको हो ।क्लासिक टेक प्रा.लि.का डिजीएम पब्लिक रिलेश सुशील सिंह थापाले विज्ञप्ती जारी गर्दै समाचारलाई भ्रमपूर्ण रहेको दावी गरेका छन् । तर, विराटनगर ट्राफिकचौकस्थित सेवा केन्द्रमा तालाबन्दीपछि उसले शुक्रबार साँझ नै सेवाग्राहीको घरमा इन्टरनेट सुविधा उपलब्ध गराउन आफ्ना कर्मचारी खटाएको थियो । बारम्बार गरिएको आग्रह नमानेपछि आजित भएका सेवाग्राहीले कार्यालयमा आएर तालाबन्दी गरेका थिए । त्यहि विषयलाई ओबीले समाचारको रुपमा प्रकाशित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्