काठमाण्डौं । नेपाली काँग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
१३ औं महाधिवेशनमा पनि थापाले कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित हुनु भएको थियो । उम्मेदवारी घोषणाका लागि यो पवित्र स्थान भएको बताउँदै भने, ‘मेरो वडा र अग्रजहरू बीचमा गौरवका साथ १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको महामन्त्रीको घोषणा गर्छु ।’ थापा वडा नम्बर ३० को बासिन्दा पनि हुनुहुन्छ ।