नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै, दर्शकलाई मैदान प्रवेशको अनुमति

<span class='c1'>नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबल</span> <span class='c2'>खेल हुँदै, दर्शकलाई मैदान प्रवेशको अनुमति</span>

काठमाडौं

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो खेल ५:३० बजे शुरु हुनेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौँ आइपुगेको हो । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो ।

नेपाल र भारतबीच छ वर्षपछि फुटबल हुन लागेको हो । नेपालले यसअघि सन् २०१७ मा भारतको मुम्बईमा खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।

नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेलमा बराबरी खेलेका थिए ।

भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ । विश्व फुटबल महासङ्घ (फिफा)को बरियाता अनुसार पुरुष फुटबल टोलीतर्फ भारत १ सय ५औँ तथा नेपाल १ सय ६८औँ स्थानमा रहेको छ ।

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ ।

नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहनुभएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

यसैबीच नेपाल र भारतबीच आज हुने खेलमा दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । त्यसका लागि खेल हेर्न जाने दर्शकले पीसिआर टेष्ट गरेको हुनुपर्ने वा दुवै खोप लगाएको कार्डलाई अनिवार्य गरिएको छ ।

नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार १०० दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको शेर्पाले बताउनुभयो । दर्शकका लागि अनलाइनबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ ।

एन्फा अध्यक्ष एवं मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका संयोजक उपेन्द्रमान सिंहका अनुसार दर्शक मैदानमा प्रवेशका लागि रङ्गशालाका पाँचवटै प्रवेशद्वार खुला गरिनेछ । नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइने बताउनुभयो । - नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्