गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण पुन : सुरु

<span class='c1'>गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर</span> <span class='c2'>परीक्षण पुन : सुरु</span>

राजविराज

एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ ।

पीसीआर परीक्षण पुनः सुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं. २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण सुरु गरिएको छ ।

यसअघि परीक्षणका लागि नमूना राख्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा नै बन्द गरिएको थियो । एन्टिजेन परीक्षण भने जारी थियो ।

मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले मेसिनमा प्राविधिक गडबडी भएकाले कोरोना भाइरसको स्वाब परीक्षण बन्द रहेको अवस्थामा प्रदेश सरकारले मेसिनलाई मर्मत नगरी अर्को मेसिन नै दिएपछि स्वाब परिक्षण सञ्चालन गरिएको बताउनुभयो । साउन १२ गते पीसीआर मेसिनमा गडबडी हुँदा परीक्षण कार्य नै रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्