भड्किलो बन्दै तीजको खानपान

<span class='c1'>भड्किलो बन्दै</span> <span class='c2'>तीजको खानपान</span>

हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायाममा धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिनुवाको चामल, घ्यू पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्यूमा पकाएको खाजा, तामा, गाभा जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो ।

केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा थियो । तर हिजोआज भने माछा, मासु, खिरलगायत विभिन्न परिकार बनाएर दर खाने प्रचलन छ । राती अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार ब्रत बस्ने चलन छ । त्यही भएर पनि आडिलो रहन र चिसो सोस्नका निम्ति घ्यूमा चामललाई भुटेर बनाइएको दरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि दरखाने गरिन्थ्यो ।

अहिले दरखाने निहुँमा पार्टी, प्यालेस, होटलमा महिला जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धा गर्नेहरुको लहर पनि देखिन्छ । पाल्पा रामपुरका विभिन्न होटल, पार्टी प्यालेसमा कोरोना महामारीलाई पनि वेवास्ता गरी दरखान जाने महिलाहरू यसपालि बढेको देखिएको थियो । हुने खानेले तीज आउनु महिना दिन अघिदेखि नै दर खाने परम्पराले देखासिकी बढेको छ । दरखाने नाउँमा तडकभडक देखिन थालेको छ । हुनेले त रमाउँछन्, मनाउँछन् तर नहुनेका लागी चाडपर्वले सधैँ पिरोल्ने गर्छ । चाडबाडले परम्परालाई निरन्तरता दिने भन्दा पनि आधुनिकता भित्र्याउँदा महँगा बन्दै गएका छन्, यसले सर्वसाधारणलाई पिरोल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्