बोक्सीको आरोपमा मलमुत्र खुवाउने ४ पक्राउ

<span class='c1'>बोक्सीको आरोपमा मलमुत्र</span> <span class='c2'>खुवाउने ४ पक्राउ</span>

लहान, २३ भदौ / कथित बोक्सी भन्दै स्थानीय एक पुरुषलाई मानव मलमूत्र खुवाएको आरोपमा प्रहरीले सिरहाको डाढा गाविसबाट चार जनालाई पक्राउ गरेको छ । बाोक्सी भन्दै स्थानीय रामसुफल यादवलाई मानव मलमूत्र खुवाएको आरोपमा प्रहरीले डाढा गाविस–९ निवासी महावीर सहनी, राकेश सहनी, ईन्दुदेवी सहनी र जनकदुलारी सहनीलाई पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न रहेको आरोप लागेका अन्य दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । बोक्सी भन्दै मानव मलमूत्र खुवाइएका रामसुफल यादवको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अज्ञात रोगका कारण थलिएका डाढा गाविस–९ का राजेन्द्र सहनीको १४ वर्षीय छोरा सुन्दर सहनीको अज्ञात रोगका कारण गत असार २५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । सहनीको मृत्यु भएपछि सहनीका आफन्तले झाँक्रीको काम गर्दै आएका रामसुफल यादवले नै टुनामुना (बोक्सी) गरी मारेको भन्दै उनलाई मानव मलमूत्र खुवाइएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्