विराटनगरमा ५७ जनासहित प्रदेश १ मा ३१५ कोरोना संक्रमित

<span class='c1'>विराटनगरमा ५७ जनासहित प्रदेश १</span> <span class='c2'>मा ३१५ कोरोना संक्रमित</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण भएको छ । ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, सुनसरीमा ६४, झापामा १७, धनकुटामा ९, भोजपुर र तेहृथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५७, बेलबारीमा १०, बुढीगंगामा ९, सुन्दरहरैचामा ७, ग्रामथानमा ४, कानेपोखरीमा ३, कटहरी, केराबारी र मिक्लाजुङमा २–२, सुनबर्षी, उर्लाबारी, रंगेली र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा ३७, धरानमा १६, इनरुवामा ५, रामधुनीमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ६, दमकमा ४, मेचीनगरमा २, अर्जुनधारा, विर्तामोड, हल्दिबारी, कनकाई र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, चौवीसे, पाख्रिबास, शहिदभूमी, र छथर जोरपाटीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र तेहृथुमको म्याङलुङमा २–२, संखुवासभाको पाँचखपनमा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९६ महिला र १८४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्