नाटकबाट सद्भाव फैलाउदै रामभजन

<span class='c1'>नाटकबाट सद्भाव</span> <span class='c2'>फैलाउदै रामभजन</span>

विराटनगर २४ भदौ । लगातारको बन्दले निराश बनाएको जनमानस त्यसमाथी विराटनगरको प्रचण्ड गर्मिमा बिहिबार आरोहण गुरुकुल विराटनगरको हाटखोला स्थित शुशिला कोईराला नाटकघरमा दर्शकहरु भरिभराउ थिए । मञ्चमा कलाकारहरु घरी मैथिली भाषा त घरी नेपाली भाषामा बोल्दै अभिनय गरीरहेका थिए । जब पहाडे समुदाय र मधेशी समुदायका व्यत्तिले आफुले लगाईरहेका टोपी एक आपसमा साट्छन् तब मन धक्क फुलाएर दर्शक तालि बजाउन बाध्य हुन्छन । प्रसंग हो रंगकर्मी रामभजन कामतद्धारा लिखित तथा निर्देशित नाटक आव कोना चलव ? को ।

मधेशी समुदायको व्यक्ति समस्यामा परेको हुन्छ,त्यहि समयमा पहाडे समुदायको एक व्यक्तिले उसको समस्या सुल्झाउन सहयोग गर्छ । यसरि सुरु भएको मित्रता पछि गएर मितमा गाँसिन पुग्छ । आ आफ्ना रहनसहन, संस्कृती, चाढ पर्व उनिहरु सँग सँगै मनाउन थाल्छन । तर स्वार्थ सहितको कुनै सानो उद्धेश्य बोकेका विभिन्न समुहका कारण उनिहरुको सम्बन्ध टुट्छ । टुटेको सम्बन्ध नजोड्ने निर्णयमा पुगेका दुई मित परिवार र समाजकोलागी आफ्नाे स्वार्थ त्यागेर आपसमा मिल्छन ।

सामाजिक सद्भाव फैलाउने उद्धेश्यले आरोहण गुरुकुल विराटनगरले नाटक प्रदर्शन गरेको हो । देशमा भड्किरहेको सामाजिक द्वाेषलाइ लक्षित गर्दैै सामाजिक सद्भाव फैलाउने उद्धेश्यले नाटक मंञ्चन गरीएको रंगकर्मी तथा नाटकका निर्देशक रामभजन कामतले बताउनुभयो । मिलेर बसेका मधेशी र पहाडी समुदायका विचमा आउने वैमनाश्यता र यसको समाधानलाई नाटकमा रोमाञ्चक तरिकाले प्रस्तुत गरीएको रंगकर्मि तथा कलाकार मिलन नेपालीले बताउनुभयो । नाटक हेर्नकालागी विभिन्न राजनैतिक दलका नेता सँगै पत्रकार, बुद्धिजिवीहरु, सुरक्षा निकायका प्रतिनिधी, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी लगायत आम सर्वसाधारणको उपस्थिती रहेको थियो । १ घण्टा लामो नाटकको प्रकाश परिचालक सागर विश्वास हुन भने ध्वनी परिचालन अशोक गौतमले गरेका थिए । नाटकमा रामभजन कामत, मिलन नेपाली, भरत कार्की, विकास पराजुली, सुनिता घिमिरे, गिता कोईराला, अंकिता विश्वास, जय प्रकास गुप्ता , राजेश ठाकुर, सुजन बस्नेत, निमेष पौड्याल, दिव्या श्रेष्ठ, सुवास खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्