विराटनगरमा ५२ सहित प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण

<span class='c1'>विराटनगरमा ५२ सहित प्रदेश १</span> <span class='c2'>मा ३२० जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा २, धनकुटा, संखुवासभा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५२, पथरीशनिश्चरेमा १५, बेलबारीमा ८, रतुवामाई र लेटाङमा ५–५, सुन्दरहरैचामा ३, सुनबर्षी, उर्लाबारी, मिक्लाजुङ, धनपालथान र कटहरीमा १–१, झापाको विर्तामोडमा २०, दमकमा १७, कनकाईमा १०, शिवसताक्षी र अर्जुनधारामा ८–८, भद्रपुरमा ६, मेचीनगरमा ५, बुद्धशान्तिमा ४, झापा गाउँपालिकामा १, सुनसरीको इटहरीमा २८, धरानमा १८, रामधुनी र इनरुवामा १–१, धनकुटाको पाख्रिबास, संखुवासभाको चैनपुर र तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १७४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्