विराटनगर।
आकृति रानी फुयल|
अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालि बहिरा दिदीबहिनी तथा दाजुभाईहरुलाई शुभकामना शन्देश ब्यक्त गरेका छन् । साथै संदेशमा प्रधानमन्त्री देउबा भन्छन् ,' नेपालमा पनि सांकेतिक भाषाको सुरुवात भएको तिन दशक हुन लागिसक्दा पनि यसको विकास र प्रवर्दन अपेक्षाकृत रुपमा हुन सकिरहेको छैन तथापि नेपाल सरकार सांकेतिक भाषाको संरक्षण र प्रवर्दन गर्न प्रतिबद्ध रहेको छ '।
संदेशमा मानव जिवनमा संचारको महत्वपूर्ण भूमिका हुन्छ किनभने यसले एक अर्काबीचको सम्बाद र भावना आदानप्रदानमा सहयोग पुर्याएको हुन्छ जहाँ संचार गर्न मानिसलाई आवाज , चित्र , अक्षर , हाउभाउ , इशारा , संकेत आदिजस्ता विविध प्रकृतिको संकेत प्रयोग गरिन्छ। त्यसैगरी सुन्न अनि बोल्न नसक्ने व्यक्तिहरु जसलाई दैनिक जीवनयापनमा सांकेतिक भाषाले संचार गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको कुरा उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्र संघको निर्णय अनुसार प्रत्येक वर्ष सेप्टेम्बर २३ विश्वभर मनाइने 'अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस' आज नेपालमा पनि ' हामि मानव अधिकारका लागि संकेत गर्दैछौं ' भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइदैं छ । बोलेको आवाज नसुन्नेहरुका लागि दोभाषेको सङ्केतले भाषा बुझ्न सहज हुने गरेको छ जहाँ सङ्केत एवम् इशाराले कान नसुन्नेहरुका लागि भाषाको काम गर्छ ।
यो दिवस सन् २०१८ बाट मनाउन थालिएको हो । सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउन यस दिनको पैरवीले ठूलो अर्थ राख्छ । स्थानीय, राष्ट्रियदेखि लिएर सबै तवरमा साङ्केतिक भाषाको प्रयोगलाई समावेश गर्ने सङ्कल्पका साथ अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाउने गरिएको छ ।
सङ्केतिक भाषालाई मानवअधिकार रक्षाको एउटा पाटोका रूपमा लिइएको छ जसले शारीरिक दुर्वलता भएकालाई पनि आवश्यक मैत्रीपूर्ण संरचनाको प्रविधिमार्फत सेवा, सुविधा र समाचारहरूको पैरवी गर्छ । संयुक्त राष्ट्र सङ्घले दीर्घकालीन लक्ष्यको सूचीमा साङ्केतिक भाषाको प्रवद्धन र प्रयोगलाई निक्कै महत्व दिएको छ ।
विश्वमा सुस्त श्रवणशक्ति भएका सात करोड दुई लाखभन्दा बढी मानिस रहेको अनुमान छ । सुस्त श्रवणशक्ति भएकामध्ये ८० प्रतिशत विकासोन्मुख राष्ट्रका रहेका छन् । विश्वभर तीन सयभन्दा बढी विभिन्न प्रकारका साङ्केतिक भाषाको प्रयोग हुने गरेको छ ।
साथै अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा राष्ट्रिय बहिरा संघ नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सम्पूर्ण शुस्तश्रवण भएका व्यक्तिहरुलाई शुभकामना दिदैं कोभिड जोखिमको अवस्था लाई ध्यानमा राख्दै आजको मूल कार्यक्रम फेसबूक लाइभ मार्फत हुने जानकारी गराएको छ । त्यसैले सबै जनालाई आफ्नो फेसबूक पेजमा जोडिनका लागि पनि अनुरोध पनि गरेको छ ।