पूर्वराजाको श्रीपेच चोरीको प्रयास गर्ने एकजना पक्राउ

<span class='c1'>पूर्वराजाको श्रीपेच चोरीको प्रयास</span> <span class='c2'>गर्ने एकजना पक्राउ</span>

काठमाडौं।

नारायणहिटी दरबार काठमाडौंस्थित संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोरीको प्रयास भएको छ ।

काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चोर्ने प्रयास गरेका हुन् । उनले श्रीपेच कभर गरिएको बुलेटप्रुफ सिसा फुटाउने प्रयास गरेका थिए ।

सुरक्षामा खटिएका सेनाले घर्तीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । ‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाउने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
- नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्