कुर्सीको व्यापार गर्नेहरू (कविता) –मीनकुमार नवोदित

<span class='c1'>कुर्सीको व्यापार गर्नेहरू</span> <span class='c2'>(कविता) –मीनकुमार नवोदित</span>

यसबेला
तराईको सिउँदो पुछिएको छ
मानवताविरोधी नारा
सडकको छातीभरि गुन्जिरहेछ
कतै आफैंविरुद्ध
कतै अरुविरुद्ध
सडक जलिरहेछ नमीठो गरी ।

यतिबेला मानवताको गीत गाउने
शान्तिको नारा लाउने
खै कता गए ?
जताततै हिंसाको आगो बलिरहेछ
र पनि सत्ताको कम्मल ओढेर सिंहदरबार
कुम्भकर्ण निद्रामा छ ।

तराई यसबेला त्रासको छाता ओढेर
सुरक्षाको छहारी खोजिरहेछ
दिनदिनै असुरक्षित राजमार्ग
अपुताली परेको घरझैं सुनसान छ
अहिले तराई जलिरहेछ
भोलि हिमाल पहाड जल्न के बेर !

यस्तो अशान्तिको
आगो दन्किरहेको बेला पनि
एकताको पहाड ढल्दा पनि
कोही कतैबाट बोल्दैनन्
अरुमाथि नै दोषको हिलो छाप्दै
आफू बाँच्ने चाहना बोकेर
भ्रमको पुल तरिरहेछन्
दूषित रंगहरूको हिंसा फैलाएर
कुर्सीको व्यापार गर्नेहरू
सक्रिय छन् यसबेला गाउँबस्तीमा
तिनीहरूदेखि होसियार दुःखीलाल !
तिनीहरूदेखि सावधान सुखीलाल !
भड्काउनेदेखि होसियार धनबहादुर !
उक्साउनेदेखि सावधान मनबहादुर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्