बन्दकर्ताहरुको ढङा मुढाबाट ट्रकका चालक र सह-चालक घाइते

<span class='c1'>बन्दकर्ताहरुको ढङा मुढाबाट ट्रकका</span> <span class='c2'>चालक र सह-चालक घाइते</span>

सुनसरी, भाद्र २५

पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको नरसिंह गाविसमा आज बिहान स्कर्टींङमा रहेका सवारी साधनहरुमा बन्दकर्ताहरुले ढुङा मुढा गर्दा एक ट्रकका चालक र सह-चालक घाइते भएका छन्।

लुकेर बसेका बन्दकर्ताहरुले नरसिंह गाविस ९ स्थित राजमार्गमा सुरक्षाकर्मीको स्कर्टीङमा रहेका सवारी साधनहरुलाई लक्षित गरी ढुङा मुढा गरेका थिए।

ढुङा मुढाबाट ना. ३ ख ७७५५ नम्बरको ट्रकका चालक जिल्ला रामेछाप फुलासे गाविस बस्ने ३५ वर्षिय ईश्वर कार्की र सोही स्थान बस्ने ४० वर्षिय सह-चालक पुत्रमान तामाङ घाइते भएका छन्।

ढुङा मुढाका कारण चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रकसमेत सडकबाट तल पल्टिएको थियो।

घाइते चालकलाई उपचारकालागि गोल्डेन अस्पताल बिराटनगर ल्याइएको छ भने सह-चालकको जिल्ला अस्पताल सुनसरीमा उपचार गराईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्