विराटचोक सडकखण्डमा म्याजिक भ्यानमा आगजनी

<span class='c1'>विराटचोक सडकखण्डमा म्याजिक</span> <span class='c2'>भ्यानमा आगजनी</span>

 

विराटनगर २७ भदौ ।

तराईमा आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले मोरङको विराटचोक सडकखण्डमा  एउटा म्याजिक भ्यानमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सडकखण्डको सिग्राहा– ७ मा को१च ५९२९ नंको म्याजिक भ्यानमा २५–२६ जनाको समूहले आगजनी गरेको हो । सो समूहले भ्यानका चालकलाई कुटपिट गरेको छ । सीमाङ्कनमा असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रित दलका कार्यकर्ताले आह्वान गरेको बन्दले सो स्थानमा औषधि अभाव हुन थालेको छ । बन्दले विद्युतीय रिक्सा र टेम्पो मात्र सञ्चालनमा छन् भने उद्योगधन्दा, कलकारखाना, बजार पसल बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्