परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

<span class='c1'>परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न</span> <span class='c2'>माग गर्दै सर्वोच्चमा रिट</span>

परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदर गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई विपक्षी बनाई अधिवक्ता विशाल न्यौपानेले मंगलबार दायर गर्नुभएको रिट निवेदनमा कानून निर्माण नगरी गरिएको शपथ असंवैधानिक भएको उल्लेख छ ।

कानूनले परिकल्पना गरेको कुनै ढाँचाबिना असंवैधानिक तरिकाले शपथ गराइएको रिट निवेदनमा उल्लेख छ । संविधानबमोजिम कानून बनाई शपथ नलिएसम्म मन्त्रीको हैसियतमा काम नगर्न आदेशको माग रिट निवेदनमा गरिएको छ । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी बुधबारका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्