यातायात कार्यालयका दुई विचौलिया पक्राउ

<span class='c1'>यातायात कार्यालयका दुई</span> <span class='c2'>विचौलिया पक्राउ</span>

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आईतबार पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् ।

उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेका थिए ।

तीनै जनालाई यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्